कथा : 'क्लासिक टाइम'

राज विसर्जन-

यो शहरसँगको अन्जान मान्छे यो ढुङ्गा सँगको अन्जान मान्छे, यो शहरको हावा पाटी पौवा प्रतिक्षालय सबै सँगको अन्जान मान्छे म,


Advertisement

अनि तिमी सँग कसरी हुन्थ्यो।मेरो चिनजान? कोटेश्वर बाट एउटै सिटमा पर्यौ।हामी चिनजान बिनाको मान्छे,मैले पनि हेरेँ उनलाई।उनले पनि हेरिन हेराहेर गर्ने क्रम चलिरह्यो।गाडीको च्याच्या चुचु काठमाडौको धुलो बाक्लो बस्तीमा चिनजान बिनाको मान्छे।आखाले हेर्ने कुरा बाहेक अरु गर्नै के सक्थे र?

प्रत्येक बस स्टपमा आएर बस रोकिन्छ। गाडीको खलासी हर स्टेशनमा यसरी कराइ रहेको थियोे कि मानौ उ बिना वरिपरिको वातावरण पुरै शुन्य छ।घरी परियपत्र हेर्छ,घरी रोकौ गुरुभन्छ,घरी हिड्यौ गुरु भन्छ,घरी तपाईंको भाडा दिन बाकी छ भनेर भन्छ,घरी अगाडि पछाडि ट्राफिक आएको हेर्छ मान्छे पेलापेल हुँदा सबैलाई मिलाएर राख्छ।कति टेलेन्ट,कति बुद्धिमानी,कति चलाख मानव जातिमा सबभन्दा चलाख हाम्रो राजधानीको खलासी नै होला जस्तो लाग्यो सोंच्दासोच्दै फेरि करायो गोंगबु नयाँ बसपार्क झर्नुस। म झसङ्ग भए मेरो त झर्नु पर्ने ठाउँ आइ पुगे छ।


Advertisement

भाइ मलाई बि जी महल अगाडि झार्दिनु भने। म भन्दा पहिले उनी झरिन म पनि झरेँ मलाई जानू पर्ने पोखरा थियोे कति सुविधा सम्पन्न छ हाम्रो देश आहा

बसपार्क जानै नपर्ने दाइ तपाईं कहाँ जाने हो,कता हो हजुर भनेर आउने झोला लगेज लागि देउ भाइ भन्नै नपर्ने।कति सस्कारी आयो एउटा सानो भाइ उमेरले १५/१६ यस्तै हुँदो हो। दाह्रीको भर्खर पालुवा जस्ता देखिने मजबुत नभएका दाह्री थिए।हेर्दा जस्तो सुन्दर मान्छे।त्यस्तै मीठो बोली पोखरा औद्योगिक क्षत्र झर्ने हो भाइ भने हुन्छ। दाइ दाइने साइडको सेकेन्ड सिटमा बस्नुहोस ।अब एक छिनमा चलानी बुझेँर हिड्ने हो।हाइस भित्र पसेँ बसमा मान्छेहरू जम्मा दुई जना मात्र थिए।सबै सिटमा आफ्नो आफ्नो समान राखेर बाहिर तिर पो गएका रहेछन् ।

सिटमा बसेँ सिसातिर हेरेँ एकपटक अकमकाएँ उताबाट उनले पनि हेरिन म अकमकाउनुको कारण म ती आँखा सँग परिचीत थिएँ। नभन्दै उनै लेडिज रहिछन्।जो म सँगै कोटेश्वर बाट एउटै सिटमा आएकी थिइन।

म सँग एउटा सानो छालाको ह्यान ब्याक थियोे। त्यो ब्याक आफू बसेको सिटमा छाडेर बाहिर निस्किएँ।यो शहर देखि बिदा भएर हिडे पनि यो शहरको स्वादिष्ट म. म. चै खाएर जानुपर्छ।

भन्ने जिज्ञासा् मनमा पलायो म. म. सेन्टर तिर गएँ भने सर भेज म.म.फ्राइ गरि दिनुहोस्।हस् भनेर सर्लक्क ज्यान परेको गहूगोरो अनुहारको मान्छे किचेन तिर प्रर्वेश गर्‍यो एक जोडी पर्यटक हरु मस्त सँग कुरा गर्दै चिसो खाइ रहेका थिए लगतै म. म.लिएर एउटी बहिनी आइन म.म.खादै ती एक जोडि पर्यटकलाई हेर्दै एक दुई भन्दाभन्दै म.म. खाएर सकाएँ। त्यतिबेला सम्म गाडी स्टाट भइसकेको थियो। म.म. को पैसा तिरेर एक बोत्तल पानी हातमा च्यापेर गाडी भित्र पर्वेस गरेँ ल ल जाम गुरु सानो भाइको आवाज आयो।गाडी अगाडि बड्यो

गाउँ बाट यो शहरसम्मको यात्रा गर्दा त बिचमा के के भए कहिल्यै याद भएन।यो शहरलाई चुनौती दिएर नफर्कूँलाभनेर हिडेको म। अनि मलाई बोकेर हिडेको गाडी दुबै हामी आ-आफ्नै रफ्तारमा थियौ।

मेरो छेउबाट वाक वाक्कीको आवाज आयो। उनलाई गाडीको यात्रामा बोमेट हुँदो रहेछ।

भने भाइ प्लास्टिक देउ।भाइले प्लास्टिक लिएर दियो।मैले पानी दिएँ मुख कुल्ला गरिन। सबैले सबैलाई प्रेम गर्छु भन्छन्।

प्रेमिले प्रेमिकालाइ मात्र होइन सबैले सबैलाई जस्तो आमा बुवाले छोराछोरीलाई छोराछोरीले आमा बुवालाई आफन्तले आफन्तलाई दाइले भाइलाई,भाइले दाइलाई दिदीले बहिनीलाइ, बहिनीले दिदीलाई सबैले सबैलाइ भने जस्तै निश्चल मनले प्रेम गर्दिएको भए। यो संसारमा घृणा भन्ने शब्दको उत्पती हुने थिएन ।

भने जस्तै प्रेम गर्दिएको भए यो संसार यदि सुन्दर हुन्थ्यो कि मानौ फुलै फुलको बगैँचा जस्तो।तर प्रेमको घाँस देखाएर मान्छेले मान्छेको बलि चडाएका कयौं घटना आफ्नै आखाले देखिन्छन्। यस्तै रहेछ यो संसार भनिने एउटा गरिने एउटा।

यस्तै कुरालहरुले मलाई अगाडि धकेली रहेको थियोे मनमा खेलिने कुराहरू पनि कहिलेकाही यात्राका सहयात्री भैदिन्छन्।अँखा चिम्म गरेको थिएँ गाडीले रोकिने सुरसार गर्‍यो।

मलाई बोकेर हिडेको गाडी नौबिसे पुगिसकेको रहेछ।एउटा सानो होटेलमा गएर गाडी अडियो म ओर्लिएँ एउटा काठको कुर्सी माथी कालो छाला जस्तो देखिने कपडा थियो।त्यही टेबुलमा गएर बसेँ टेबुलमा २ वटा निलो कलरको जग थिए।पानी पिउन जग उचाले रित्तो रहेछ,अर्को जग उचाले अलिकति पानी रहेछ।पिएँ म सँगै बसेकी आखाले परिचय भएकी लेटिज पनि आएर त्यै टेबुलमा बसिन पानी थिएन। पानी मगाएर खाइन।अनि सोधिन मलाई तपाईं कहाँ जान लाग्नु भएको कहाँ बाट आउनु भएको?

सजिलै भनिदिउ जस्तो त लागेको थियोे।काल बाट बचेर आएको फेरि मर्न जान हिडेको।

तर उनी सँग मेरो बोलाचाली परिचय केही पनि थिएन। त्यसैले यो शब्द त बचपनको साथीलाई बोल्ने खाल्को ठाडो शब्द छुच्चो बोली भयो। यसरी बोल्न भएन।शान्त भए।उनले सोधे जस्तै कमलो बोली पारेर थोरै मुस्कुराएर उत्तर दिएँ।

काठमाडौ बाट आएको।पोखरा जादैछु।भने यत्तिकैमा भाइ आएर सोध्न थाल्यो।तपाईं हरु के खाने ? उनले केही पनि नखाने प्रतिक्रिया जनाइन मैले माछाको अर्डर गरेँ उनले एउटा कुरकुरेको पोका ल्याएर खान थालिन्।केही मान्छेहरू अर्को टेबुलमा बसेका थिएँ दुई जना लेडिज दुइजना जेन्स के के भनिरहेका थिए। सायद ती मान्छेहरू पोखरा टुरमा जादै थिए। माछा मन पर्ने खाना मलाई खान पनि कति कठिन काडाँ बाट झिकेर मासु निकालेर खानु पर्नी।कति अजिवको छ यो मानव जात पनि पानी मुनि लुकेको लाई पनि बाकी नराख्ने। तिनै माछाका प्रत्येक पिसबाट काँडा झिकेर फाल्दै मासु खान थालेँ।

एकपछी एक गर्दै यत्तिकैमा खाजा खाएर सकियो।म बाहिर निस्किएँ।उनी पनि आइन। केही बेर बाहिर बसेर चिसो हावा खाइयो ती डाडाहरु सँग हेराहेर गरियो।जाम जाम भनेको आवाज आयो गएर सबै आ आफ्नो सिटमा बस्यौ केही बोलूँ मन बिरक्त थियोे।न बोलूँ कस्तो ओभर एटिटुट भएको केटा रहेछ। पहिले म बोल्दा पनि बोलेन यस्तै के के कुराहरूले मनमा डेरा जमाउन थाले अनि सोधेँ।तपाई कता जान लाग्नु भएको?

उनले भनिन् मेरो घर पोखरा हो म काठमाडौ गएकी थिएँ।काठमाडौको ३ दिन बसाइँ पछि आज फर्किदै छु।

ए अनि के गर्नुहुन्छ अध्ययन गर्दैछु।

का सम्म पुगाउनु भयो?

मास्टर जइन भए।

अनि म पोखरा पहिलो पटक जादैछु। आज झर्नु पर्ने चै औद्योगिक क्षत्र हो।भाइलाई भनेको छु।तपाईंले पनि त्यो ठाउँ आउदा चिनाइ दिनु होला है त भने।

कुनै ठाउँमा जादा अरु कुरा भन्दा पनि आफू पुग्ने स्थानसम्म पुग्नुको चिन्ता हुने रहेछ। सायद मलाई पनि त्यही चिन्ताले सताएको हुँदो हो र त शुरुमै आफू झर्ने ठाउलाई निश्चित गराएँ।

हवस् भनेर स्वीकार गरिन् अनि हाइस अगाडि बढ्दै गयो हामी कुरा गर्दै गयौ।बाटोमा उनलाई निध लागे जस्तो महसुस भइरहेको थियो।उनी बिस्तारै बिस्तारै निदाउन शुरु गरिन। गाडिमा लोकगित बजिरहेको थियो।

"के था छ र ? पुज्ने देउतै लाई

मलाई माया धेरैले गरे नि मेरो माया तिमी एउटै लाई"

काठमाडौको सुन्दर शहर देखि बिदा भएर हिडेको बारेमा म तपाईंहरुलाई अर्को कथामा समेट्ने छु।

सायद असारको महिना थियोे।पानी झर्न शुरु गर्‍यो कतै गाडीको जाम कतै केही काठमाडौ बाट ५/६ घण्टाको यात्रा पछि पोखरा पुगियो। उनी निद्रा बाट उठिसकेकी थिइन्।ल तपाईंको झर्ने ठाउँ आइपुग्यो भन्यो भाइले।उनले मुस्कुराउदै बिदाइका हात हल्लाइन। म आफ्नो सानो ब्याक हातमा लिएर भाइलाई अर्को ब्याक छत बाट निकाली दिन अनुरोध गरेँ ।अनि प्रस्तान गरेँ।आफ्नो गन्तव्य तिर।एका एक समय बित्दै गयो।एक दिन साथी र म फेवाताल घुमेर आउला।अनि बजार बाट केही किनमेल गरौँला भनेर बाहिर निस्केका थियौँ ।शहरभरी पुरै रातै रातो थियो सबैले राता कपडा लगाएका थिएँ रातो कपडा लगाउदा सुन्दर देखिने रहेछन् मान्छेहरू।रातो कपडा लगाउदा यति सुन्दर देखिने मान्छेहरु।आफ्नो अनुहार रातो बनाउदा चै किन राम्रो देखिदैनन् ?रातो त प्रायः बिजयको चिन्ह हो जसलाई जित हासिल गर्दा टीका लगाइन्छ। रातो चिजमा धेरै विश्वास हुन्छ।धेरैले विश्वास गर्छन्। रातै शहरमा हामी पनि गयौ। हामी त के रातो हुनु नारिहरुलाई पो तिज आएको थियोे।त्यो रंगीन शहरमा हामी श्रीमान गुमाएकी बिधवा जस्ता देखियौ।हाम्रो कुनै चाड पर्व होइन हामिले रातो नभएकोमा निराश हुनु पर्ने थिएन र पनि कताकता मन खल्लो भयो महसुस गरेँ बिचरा कस्तो हुदोँ हो ती विधवा नारीलाई।जसले सेतै लगाएकी छन् सँगीहरु रातो लगाएर छमछम नाचिरहदा।ती नारीको मनमा के बितेको होला ? के राखेको होला रंगहरुमा?आखिर कपडा जस्तो लगाए पनि लाज छोप्ने काम न हो।नत्र भने हाम्रो कपडाले ढाकिएको भित्री शरिरमा रगत दौडिएको हुन्छ। जुन रातो हुन्छ।हरेक महिनामा महिनावारी हुँदा ती विधवाको यौनाङ्क बाट निस्केको रगत।त्यो पनि रातो नै हुन्छ। जसको शरीरको अंग अंगमा रातो रगत छ। जुन रातोले मान्छे बाचिरहेको छ।त्यही मान्छेलाई रातो लगाउनबाट बन्देज किन गराइएको होला ?आखिर लगाइएको सेतो कपडालाई पनि यौनाङ्गबाट खसेको रगतले सेतो कपडा विरुद्ध बिद्रोह गरेको हुन्छ।त्यो रगतलाई किन उन्मुक्ति दिएको होला ? यो समाजले त्यो सेतो कपडाले?

बजारभरी चहार्दै हामी चिप्लेढुङ्गा नजिक पुगेका थियौ पछाडि बाट आवाज आयो हेलो हेलो पछाडि फर्किएँ  उनै गर्ल थिइन् जो म सँगै यात्रामा आएकी थिइन्।भने हाइ

म कतिसम्म मूर्ख मान्छे।त्यत्रो गाडीको यात्रामा कम्तिमा नाम त सोध्नु पर्ने नाम भन्नू पर्ने हजुर नमस्ते भनिन्।मैले पनि फर्काएँ अनि अब केही खुलेर कुरा गर्नु पर्‍यो भन्ने लाग्यो।आफू त्यो बेला निकै अनुशासित भएको जस्तो महसुस गरेको थिएँ।उनी सँग उनको साथी पनि थिइन्।

भने हामी लाई एउटा सहयोग गर्नुहोस् न है भन्नुहोस् के गरम?

हामिलाई आज फेवाताल घुमाइ दिन पर्‍यो। हामी दुबै जना यो ठाउँमा नयाँ हौ।

हुन्छ नि यत्ती जाबो कुरा पनि के को सहयोग? नभने हुनें!

हामी बिस्तारै फेवाताल तिर लाग्यौ।फेवातालमा गयौ।दुइटा माझिहरु आए। हजुर सर भन्नुहोस्। दिनभर घुम्ने कि वा कति घण्टा?हामीले २ घन्टा जति भन्यौं।अब उनी र म परिचीत जस्तै भयौ। एक अर्काको नाम सोध्यौ बस्ने ठाउँ सोध्यौ अलिक खुलेर कुरा गर्‍यौं।सम्पर्क नम्बर हरु पनि राख्यौं फेवा तालमा केही तस्बिरहरु आफ्नो आफ्नो मोबाइलमा कैद गर्‍यौ।आहा पोखरा कति सुन्दर कति रमणीय ठाँउ। राम्रो काम गरेर मरेपछि स्वर्गमा गइन्छ।भनेर विश्वास राख्ने हामी जीउँदै स्वर्गमा गएको आभास हुदोँ रहेछ।पोखरा जस्तै सुन्दरीले यतिबेला भने मेरो मन आफू तिर तानी रहेकी थिइन।फलामले चुम्बक ताने जस्तै। जसरी प्रकृतिले पोखरालाई बनाएको थियोे।त्यसरी नै बिधताले उनलाई बनाएको थियोे।उनको अनुहार यतिबेला मैले राम्रो संग नियाले।कति सुन्दर चिटिक्क परेकी फेवाताल माथीको आकाश पुरै प्यारासुटले भरिएको थियोे।पर्यटकको धेरै चाप थियो। कोहि ठुल्ठुला क्यामेरा भिरेका थिए कोहिले आफै डुङ्गा चलाउदै रमाइ रहेका थिए। फेवातालको वारि छेउको बिचमा एउटा मन्दिर रहेछ। जहाँ कसैले माछालाई भुजा फालेर खुवाइ रहेका थिए।कोहि भगवान नामको मुर्तिलाई फूल चढाइ रहेका थिए।हामी बसेको डुङ्गा पनि त्यहाँ क्रस गरेर अगाडि बढ्यो।पहिलो पटक फेवातालको घुमाइ अस्मरणिय नै भयो ।भनिन्छ नि फस्ट इम्प्रेस इज लास्ट इम्प्रेस हो यस्तै भयो।आफैमा सुन्दर पोखराले निराश बनाएन भरपुर मनोरञ्जन दियो।फेवाताल परिक्रमा पछि हामी वारि छेउतिर आयौ खाजा खान एउटा सानो खाजा घरमा पस्यौ यतिबेला उनले खाजा खाने भइन्।अर्डर गर्‍यौ वइटरले खाजा लिएर आयो अनि हामी बिस्तारै माइक्रो बस तिर गयौ।एउटै बसमा बसेर फर्कियौ। परिचय नभएकी उनी।जब मेरो मन उनितिर आकर्षितभएको थिएन।त्यतिबेला एउटै सिटमा बसेर फर्कियौ।अब यतिबेला उनी सँग बस्न पाए हुन्थ्यो।भन्ने लागेको थियोे।यतिबेला साथीले गर्दा म बस्न पाइनँ। भन्ने सोंच मनमा आयो।बस आएर पृथ्वी चोक नजिक रोकियो। उनको घर पृथ्वी चोक नजिकै रहेछ।उनी झरिन हाम्रो अझै अगाडि थियोे।हामिले पनि बाइ भन्दै झर्ने अनुमती दियौ।झरिन मनमा के के कुरा खेल्न थाले कस्तो मूर्ख मान्छे म काठमाडौ देखि ५/६ घन्टाको यात्रा गरेर पोखरा आउदा किन नबोलेको हुँला।यति राम्री सुन्दरी भेटिदा पनि। मनले चाहेको हर कुरा त पूरा कहाँ हुँदो रहेछ।

यस्तो सोच्दा सोच्दै म र साथी आफ्नो गन्तव्य तिर पुग्यौ साझपख मैले फोन गरे कुरा भयो। अनि कस्तो लाग्यो पोखरा भनिन् ।सहजै भने सुन्दर पोखरा,अझै सुन्दर पोखरा बासी,अझ सुन्दर आज हामीलाई घुमाउने मान्छे,त्यो भन्दा पनि सुन्दर अहिले म सँग कुरा गरि रहेकी मान्छे

उनी मज्जाले हासिन्।यसरी हामी दिन प्रतिदिन कुरा गर्दै गयौ।कहिल्यै भविष्यका कुरा गर्थ्यौ कहिले बिगतका कुरा।

कुरा गर्दागर्दै फोनमा घन्टौ बिताउथ्यौ।यसै क्रममा म मा उनिप्रती का कताकता प्रेमको मुना पलाए जस्तो आभास भएको थियोे। भित्रभित्रै म उनलाई प्रेम गर्न थाली सकेको थिएँ।

फोनकै क्रममा भने।भोलि मेरो बर्थ डे हो। के दिनुहुन्छ गिफ्ट ? तत् गिफ्ट पनि यो दिन्छु उ दिन्छु भन्ने कुरा होर उनले भनिन्।केही समयको सम्वात पछि हामी भोलि भेट्ने बाचा सहित छुटियौ बिहान १० बजे तिर फोन गरेर ह्याप्पी बर्थ डे टु यू भनिन् थ्यान्क्यू भने।

भेट्न बोलाइन गएँ के पो थियोे डल्लो आकारको भित्र प्याक गरेको।सानो प्याकेज मलाई थमाइन।फेरि भनिन् ह्याप्पी बर्थ डे टु यू आज अल्लि बिजि छु।मामा माइजुहरु आउनु भएको छ घरमा।

आनाकानी नगरी हुन्छ भने हामी त भेट्दै गरौंला नि मामा माइजू सधैं कहाँ आउनु हुन्छ र ? भन्न त भने तर आज पोखराको लेक साइड घुमौला भन्ने सोच बनाएको थिएँ।त्यो पूरा हुन सकेन मन खल्लो बनाइएन।आज आफू जन्मेको दिन।भित्रभित्रै मन पराएकी वान साइडेड प्रेमिकाले दिएको उपहार हातमै थियो।

के होला यो भित्र कौतुहल्ता जगिरह्यो हतार हतार गरि रुम तिर फर्किएँ ।हतार हतार गरि प्याकेज खोलेँ।कागजको टुक्रा भेटेँ जसमा लेखिएको थियोे आइ लब यू ।

साह्रै उमंग छायो मनमा खुसिको सिमा रहेन। भित्रभित्रै उनले पनि मन पराउदी रैछिन्। लेडिज र जेन्समा फरक यहि कुरा त हो हामीहरुले छिटै मनको कुरा भनिहाल्छौ,पोखिहाल्छौ उनिहरुले समय आएपछि मात्र भन्छन्।

फेरि प्याकेज पुरै खोले भित्र घडी थियोे। जसमा लेखिएको थियोे।"Classic Time"हातमा बाध्न मन मानेन।चैन खोलेर भित्तामा टासेँ। किनभने मेरो एउटा खराब बानी छ। मलाई मन परेको कुरा ग्रहण गरेता पनि प्रयोग गरौं जस्तो लाग्दैन। सजाएर राखौं

लाग्छ सधैं हेरिरहुँ ।कुनै मन परेको पुस्तक थोरै थोरै गरेर पढिरहुँ,एकैदिन नसकाउ,कुनै मन परेको चलचित्र बेलाबेला हेरिरहुँ,कुनै मन परेको ब्राण्डेट रक्सी थोरै थोरै गरेर पिउ जसलाई नसकौ आफ्नो हातभन्दा विश्वास भित्ताको लाग्यो।जसले समानलाई हामी भन्दा सुरक्षीत राख्न मद्दत गर्छ। सधैं आफ्नो छातिमा किलाकाटी बजारीमागेको भित्ताले पीडा पाएको हुन्छ र विश्वास पनि पाएको हुन्छ।

सानो घडीलाई भित्तामा किन टासेको ? म सँग रुममा आउने सहकर्मीहरुले प्रश्न गर्थे? कतिपयलाई त यत्तिकै भनेर टार्थेँ।कति लाई यसको लजिक बताउथेँ।अनि खुसी हुन्थे उनिहरु पनि र भन्थे।वाह मन्नुपर्छ तँलाई।

त्यो दिन साझ पख कुरा हुन पाएन उनी मामा माइजू सँगै बसेकी रैछिन।

अर्को दिन साझ ८ बजेको हुँदो हो कल गरेँ उनको फोनबाट अपरित आवाज आयो।जुन आवाज सँग म अन्जान थिएँ।यो आवाज यो भन्दा पहिले मैले कहिल्यै पनि सुनेको थिएन। यदि सुनेको भए पनि अहँ म सम्झिनँ सक्दिनँ सम्झना छैन मलाई।

म उसको नातेदार हुँ।उ अहिले हास्पिटल भित्र छे म म ह्या बाहिर छु। मैले साथिलाई फोन गरेँ उ तुरुन्त बाइक लिएर आयो। दुबै जना बायकमा कुदेर हास्पिटल पुग्यौ ६/७ जना जति मानिसहरू हास्पिट बाहिर रोहिरहेका थिए।एक जना मोटि आइमाई आफुलाई सम्हाल्न नसक्ने गरि रोहिरहेकी थिइन।सायद उनकी आमा रहिछिन् क्यारे

म चै अनटोपल परेँ बुझेँको थिएन ह्या के भैरहेको छ।त्यतिकैमा मेरो आँखा उनको साथिकोमा गयो।जुन साथी सँग फेवातालमा घुमेको थिएँ। बिस्तारै नजिक गएर सोधेँ ।यो के भैरहेको छ।खोइ त उनी ? उनले रुदै भनिन्।

उ उ उ उ

यो संसारमा छैन,हामी माझ छैन ।

म एक्कासि भुइमा बजारिए।आएर साथिले उठायो।केही बोल्न सकिनँ,केही भन्न सकिनँ शरिर काम्न थाल्यो,मन पोल्न थाल्यो,हातखुट्टा हरु अडिग हुन नसक्ने स्थितीमा पुगे।म चिच्याउन थालेँ।साथीले मलाई हास्पिटल बाहिर ल्यायो टाउको माथी बाट पानी हाली दियो। आफ्नो काखमा च्याप्यो म घ्वा घ्वाको आवाजमा रुदैछु।उसको पनि आखाभरी आँसु छ। तर पनि मलाई सम्हाली रहेको छ।

अब उनी सँग अन्तिम पटक भेटेर आउछु। भनेर साथी लाई भनेपछि उसले माथी लग्यो।

शव पोस्टमार्टम तिर लगेका रहेछन्।

अब भोलि बिहान आउने रे उसले अब बायक चलाउन सक्ने स्थिति थिएन।मेरो पनि बस्न सक्ने स्थिति थिएन।एउटा ट्याक्सी लाई भनेर हामी रुम फर्कियौ।

मेरो आँखा बाट आशुको बर्षात भैरहेको छ। साथी भन्छ।

छोडी देन यार हामी जे नहोस् भन्छौ। त्यही भैदिन्छ।त्यसलाई नै जिन्दगी भनिन्छ।प्लिज साथी समाल आफुलाई ढिलो चाडो एकदिन सबैको गन्तव्य त्यही हो।

बिहान साथिलाई फोन गर्न भनेँ।फोन स्वीच अफ थियो उनको घर ठ्याक्कै यहि हो भन्ने थाहा थिएन।ह्या नजिक हो भन्ने चै थाहा थियोे हामी घर खोज्दै खोज्दै करीब १२ बजे उनको घरसम्म पुग्यौ।हामी पुग्दा सम्म दाह सस्कार गरेर फर्की सकेका रहेछन्।अब त उनलाई कहिल्यै पनि देख्न नपाउने भए। भेट्न नपाउने भएँ।मैले मरेको अनुहार पनि देख्न पाइनँ। कति अभागी रहेछु किन यो दैबले पनि मलाई हरेक पटक हरेक ठाउँमा बजारी रहन्छ मैले त्यसको के बिगारेको रहेछु ? एक पटक तँ पनि मान्छे भएर यो धर्तिमा जन्म ले भगवान।अनि थाहा पाउने छस्।आफुले माया गर्ने मान्छे आफुबाट सदाको लागि यो पृथ्वी बाट बिदाइ भएर जादा कति पीडा हुन्छ भनेर ?

अनि हामी त्यो घरमा उनी बाहेक अरु सँग चिनजान थिएनौ।सबै मान्छेहरू रोहिरहेका थिए। नजिकै एउटा घुम्टी पसल जस्तो थियो रुमालले आँसु पुछ्दै त्यही भित्र पसेँ।पसलमा एकजना दिदी हुनुहुन्थ्यो।उनै दिदीलाई सोधेँ दिदी यो घटना कसरी घट्यो ?

दिदीले भन्नू भयो

हिजोसाझ करिब ७ बजे तिर तरकारी लिएर आउदै थिइन्। माइक्रो बसले हानेछ हास्पिटल लगेको एक घन्टा भित्रै चिकित्सकले मृत घोषण गरेका थिएँ।चालक सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यो भन्दा पछि मेरो जिन्दगी रहेन,जिन्दगी जस्तो त्यति सुन्दर देखिने पोखरा किन आज अधेरो देखिन्छ ? किन आज म जस्तै आँसु बगाएको देख्छु ? संसार खुसी भएर हेर्दा राम्रो देखिने रहेछ।अनि दुखी भएर हेर्दा कुरुप देखिने रहेछ।यात्रामा भेटिनेहरु यात्रामै छुटिन्छन्। भन्थे हो रहेछ। आज उनले पनि यो भनाइ लाई सावित गरि दिइन्।

उनले उपहारमा दिएको घडी हातमा बाधेर हिडेको छु।अब भित्ताको विश्वास रहेन।एउटी तिमी जस्तै सुन्दरी लाई तिम्रो जिम्मा दिएको थिएँ।पोखरा समाल्ही राख्न सकेनौ। म बाट सदाको लागि टाढा बनाइ दियौ।तिमी प्रतिको विश्वास टुट्यो।भगवान लाई पनि राम्रै मान्छेको आवाश्यक पर्नी खोइ कसरी अन्त्य होला यो जिन्दगी जसले जो जहाँ भेटिए त्यसलाई त्यही अन्त्य गरि दिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्