२६ किलो अफिम र ५० हजार नगदसहित ५ जना पक्राउ

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कर्णाली प्रदेश प्रहरीले प्रदेशका विभिन्न स्थानबाट २६ किलो लागु औषध अफिमसहित पाँच जना पक्राउ गरेको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाका अनुसार भदौ २० गते रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. पाँच जलिगार्डमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ९ का ३७ वर्षका प्रेमबहादुर सिंह, ४० वर्षका मानबहादुर सिंह, ३२ वर्षका तपबहादुर सिंहलाई १६ केजी लागु औषध (अफिम( सहित बरामद गरी रुकुमको जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।


Advertisement

यस्तै सोही दिन नलगाड नगरपालिका २ छेप्का स्थित सडकमा हिडिरहका अवस्थामा वडा नं. तीन चावले बस्ने ४२ वर्षका मनबहादुर विष्ट र जुम्लाको तातापानी गाउँपालिका वडा नं. पाँच बस्ने ५५ वर्षका हरिचन्द्र डाँगीसहित १० किलो लागु औषध अफिम  ५१ हजार ९५० नगद र दुइ थान मोबाइलसहित पक्राउ गरिएको एसएसपी बास्तोलाले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार पाँचै जनालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।
 


Advertisement

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्