सुर्खेत मालपोतमा कोरोना बिर्साउने भीड, लेखापढीलाई प्रवेश निषेध !

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम दिनप्रतिदिन बढिरहेका बेला सुर्खेत मालपोत कार्यालयमा अचाक्ली भीड बढन थालेको छ।

अनावश्यक भीडभाड बढन थालेपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मालपोत कार्यालयभित्रै लेखापढी गर्ने व्यवसायीलाई नजिकै रहेको पिपल चौतारामा पठाएका छन्। सुर्खेत मालपोत कार्यालयको भीडभाड नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई खटाइएको छ।


Advertisement

सुर्खेतमा कोरोना संक्रमण पनि बढिरहेको छ। प्रजिअ रेग्मीले मालपोत कार्यालयमा आउने सेवाग्राहीले, लेखापढी व्यवसायी र कर्मचारीमा कोरोना संक्रमण नैफैलियोस् भनेर व्यवसायीलाई मालपोत हातामा प्रवेश गर्न नदिने निर्णय गरेको बताए। 


Advertisement

‘बरु उनीहरुलाई नेपाल टेलिकम नजिकको खाली जग्गा पिपल चौतारामा बसेर व्यवसाय गर्न पठाएको छु,’ उनले भने, ‘यसबाट थोरै भएपनि भीड नियन्त्रण हुने र त्यसबाट समूदायमा कोरोना फैलिन कम हुने अपेक्षा गरेको छु।’

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी

प्रजिअ रेग्मीले बढी भीडभाड हुने हरेक स्थानमा सुरक्षाकर्मी खटाइएको र हरेक व्यक्तिलाई भौतिक दूरी कायम गर्न अनुरोध गरिएको बताए।

पछिल्लो समय नेकपाका जिल्लास्तरीय नेता, जिल्ला अदालत सुर्खेतका कर्मचारी, राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी, प्रहरी लगायतमा कोरोना देखिएको छ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्