अमेरिकी गायिका केटी पेरीको हातमा संस्कृत भाषामा ट्याटू, के हो अर्थ ?

अमेरिकी गायिका केटी पेरीले आफ्नो हातमा संस्कृत भाषामा ट्याटु खोपाएकी छन् । 

उनको हातमा ‘अनुगच्छतु प्रवाहं’ भनी ट्याटू खोपिएको छ ।


Advertisement

यसको अर्थ हुन्छ– प्रवाहसँगै जानु । अंग्रेजीमा गो विथ द फ्लो भन्ने अर्थ हुन्छ ।
 

पेरीलाई भारतवर्षको संस्कृतिमा अत्यन्तै रुचि छ । उनका साथी कलाकारहरू बियोन्से र टेलर स्विफ्ट जस्तै उनी भारतीय परम्परा र भोजन भनेपछि हुरुक्कै हुन्छिन् ।


Advertisement

भारत भ्रमणका क्रममा उनले राजस्थान पुग्दा महिलाहरूले हातभरि चुरा लगाएको देखिन् । अनि महिलाले निधारमा लगाउने टीकाले पनि उनलाई आकर्षित गर्‍यो ।

त्यसपछि उनले हातमा ट्याटू खोपाउने निर्णय लिएकी थिइन् । 

हातमा ट्याटू खोपाएर उनले कठोर मेहनत गर्ने अनि कलालाई समयप्रवाह अनकूल अघि बढाउँदै लग्ने गर्दा सुखद परिणाम आउने सन्देश दिन खोजेको बताएकी छन् । 
 

पेरीका पूर्वप्रेमी रसल ब्रान्डले पनि हातमा अनुगच्छतु प्रवाहं लेखेको ट्याटू खोपाएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्