सुशान्त सिंह राजपूत केस : रिया कारागारमै बस्नुपर्ने

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानका क्रममा लागूऔषधको कोण सार्वजनिक भएपछि पक्राउ परेकी रिया चक्रवर्ती र उनका भाइ शोविकको धरौटी निवेदन खारेज गरिएको छ । 

अब उनी केही समय अझै जेलमै बस्नुपर्ने भएको छ ।


Advertisement

मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कार्टले रियाको निवेदन खारेज गरेको हो । 
 

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रियालाई तीन दिनअघि पक्राउ गरेको थियो । 


Advertisement

प्रवर्तन निदेशनलाय (ईडी) ले पनि रियाविरुद्ध नयाँ केस दर्ता गर्न सक्नेछ । 
 

अदातलमा रियाका वकिलले तीनवटा तर्क राखेका थिए । एनसीबीले सोधपुछका क्रममा रियामाथि आरोप कबुल्न दबाब दिएको थियो । रियासँग सोधपुछ गरिँदा महिला अधिकारी उपस्थित थिइनन् । रियालाई पक्राउ गर्ने

आवश्यकतै थिएन र उनको स्वतन्त्रतामा आघात पुर्‍याइँदैछ । 
 

एनसीबीले भने चारवटा तर्क राख्यो । रियासँग सोधपुछ गरिँदा प्रोटोकलको पूरा ध्यान दिइएको थियो । रियाविरुद्ध विद्युतीय प्रमाणहरू छन् । लागूऔषध मामिलामा पक्राउ परेका अनेकौंले रियासँग सम्पर्क गरेको कुरा कबुलेका छन् । बरामद गरिएको लागूपदार्थ कम छ तर त्यसको मूल्य लगभग ३ लाख रुपैयाँ छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्