एनआइसी एसिया बैंकको अफर : शेयर धितोमा राखेर सस्तो ब्याजमा ऋण लिन पाइने

एनआइसी एसिया बैंकले न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘लोन एगेन्स्ट शेयर’ कर्जा योजना सार्वजनिक गरेको छ । 

 नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको बताउँदै उक्त कर्जा योजना सार्वजनिक गरेको हो ।


Advertisement

यससँगै ग्राहकले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैंकका नायब प्रमुख कार्यकारी सुधिर नाथ पाण्डेले जानकारी दिएका छन् । 

यस योजना अन्तर्गत न्यूनतम रू. १ करोड देखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत रू. ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ । 


Advertisement

सर्वाधिक न्यूनतम ब्याजदर यस कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चात्को ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने व्यवस्था गरेको छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्