नेपालले तेजाब आक्रमणविरुद्ध कानुन अगाडि बढाएपछि अमिताभले उज्ज्वललाई दिए बधाई

फाइल फोटो

नेपाल सरकारले तेजाब आक्रमणविरुद्धको विधेयक अगाडि बढाउने तयारी गरेका बेला बलिउड अभिनेता अमिताभ बच्चनले  स्वागत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्र तेजाव आक्रमणविरुद्धको कडा कानुन बनाउने गरी काम थाल्न निर्देशन दिएका थिए।


Advertisement

सो खबर आएपछि बच्चनले सामाजिक अभियन्ता उज्ज्वल थापालाई ट्विटरमार्फत बधाई दिएका छन्।

उनले लेखेका छन्, ‘उज्जवल थापा! राम्रो काम गर्‍यौ। पूर्व सेरउडियनका विद्यार्थीसमेत रहेका तिम्रो एसिड पीडितहरूको समस्यालाई उजागर गर्ने मेहेनत साँच्चै सार्थक मोडमा पुगेको छ। तिमीले सेरउड कलेजलाई मात्र होइन, आफ्नो देश नेपाललाई पनि गर्वको अनुभूति गरायौ। हार्दिक बधाई। राम्रो कामलाई निरन्तरता देउ।'


Advertisement

अमितभ पनि सेरउडका कलेजका पूर्वविद्यार्थी हुन्।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्