हुन्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेतालाई  साँचो हस्तान्तरण

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक कार्यक्रम बिच हुण्डाई फेष्टिभ डिलाइट २०७६ का बम्पर विजेताहरुलाई  पुरस्कृत गरेको छ ।

हुन्डाईले  कार्यक्रममा विजयीहरुः नागेश्वर प्रसाद शाह (कुपन नं.१२७२) लाई भेन्यू एस तथा शालिकराम अधिकारी (कुपन नं. ३२९) लाई सान्ट्रो म्याग्ना हस्तान्तरण गरेको छ ।


Advertisement

लक्की ड्र को विजेताहरुको छनौट २९ जुन, २०२० मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र को विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० भाग्यशाली विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि कञ्जुमर आई नेपालकी अध्यक्ष श्रीमती विमला खनालले गर्नु भएको थियो । १० भाग्यशाली विजेताहरु भरत सिंह पौडेल (कुपन नं.: ३९७), चन्द्र मणी पौडेल (कुपन नं.: २७५), श्रीजेश घिमिरे  (कुपन नं.: ९९६), महेश्वर लाल सिंह (कुपन नं.: ९९९), कृष्ण प्रकाश पौडेल शर्मा (कुपन नं.: ९४४), राजु शाह (कुपन नं.: ७६), दल बहादुर बि. क.(कुपन नं.: ७४४), बिजय अग्रवाल, गणेश हार्डवेर (कुपन नं.: ७१६), एन. आइ. सि. एसिया बैंक लि.  ( ऋरइ ) निर्भीक सापकोटा (कुपन नं.: ११५८), र खातु इन्टर्न्याश्नल प्रा. लि. (कुपन नं.: ३५) ले दुबई भ्रमण जितेका थिए ।

हुण्डाई फेष्टिभ डिलाइट २०७६ अन्तर्गत हुन्डाईका भाग्यशाली खरिदकर्ताहरुले एक थान स्यान्ट्रो म्याग्ना, एक थान भेन्यू एस, १० जोडीलाई दुबई भ्रमण  सहित स्क्राच कार्ड मार्फत नगद छुटपनि प्राप्त गरेका थिए । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण गा्रहकहरुप्रति आभार व्यक्त गरे ।


Advertisement

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध  छन् ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल  उत्पादक मध्येमा पर्दछ ।  
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्