नेकपाका नेता कार्यकर्ताले अनलाइनमा जथाभावी बोल्न र लेख्न नपाउने [अन्तरपार्टी निर्देशिका पूर्णपाठ]

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई आन्तरिक सर्कुलर गर्दै अनलाइन तथा डिजिटल प्रविधिमार्फत नेता कार्यकर्ताहरूले देखाउने अराजक कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।

सोमवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले हस्ताक्षर गरेर अन्तरपार्टी निर्देशिका जारी गरेका थिए ।


Advertisement

'वेभसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखापरेका पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने,' अन्तरपार्टी निर्देशिकामा भनिएको छ ।

यससँगै १५ बुँदे निर्देशिकामा पार्टी एकताको पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबलीकरण गर्ने, अध्यक्षद्वयको कार्यविभाजनलाई स्पष्ट गर्ने, पार्टी एकताका काम १ महिनाभित्र पूरा गर्ने लगायतका विषयहरूमा निर्देशिकामा स्पष्ट पारिएको छ ।


Advertisement

पार्टीभित्र विवाद चरमोत्कर्षमा पुगेपछि अध्यक्षद्वयको पहल र सचिवालयको अनुमोदनमा साउन ३० गते ६ सदस्यीय कार्यदल बनाइएको थियो । कार्यदलले पेश गरेको प्रतिवेदनअनुसार अध्यक्षद्वयले स्थायी कमिटी बैठकमा कार्यसूची पेश गरेका थिए ।

भदौ २६ गते बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले १५ बुँदे कार्यसूची पेश गरेका थिए । बैठकले अध्यक्षद्वयले पेश गरेको कार्यसूचीलाई अनुमोदन गर्यो ।

त्यही कार्यसूचीलाई अन्तरपार्टी निर्देशिकाका रूपमा पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई सर्कुलर गरेको हो ।

हेर्नुहोस् निर्देशिका -

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्