नेयमारमाथि ७ खेलको प्रतिबन्ध लाग्न सक्ने

पेरिस सेन्ट–जर्मानका सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलको प्रतिबन्ध लगाइन सक्ने भएको छ । 

आइतवार मार्सेविरुद्धको खेलमा नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि यो प्रतिबन्धको सम्भावना देखिएको हो । 
 


Advertisement

गोन्जालेजलाई नेयमारले थप्पड हानेको दृश्य भार क्यामराहरूले खिचेका थिए । पीएसजीकै गृहमैदानमा मार्सेले उसलाई १–० ले हराएको खेलमा अन्त्यतिर खेलाडीहरूबीच व्यापक झगडा भएको थियो र त्यसैक्रममा नेयमारले थप्पड हानेका थिए । 

उक्त खेलमा नेयमार लगायत पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो । गोन्जालेजले आफूमाथि जातिवादी गाली गरेकाले थप्पड हानेको नेयमारले बताए । 


Advertisement

‘जातिवाद हेर्नुस् न । त्यसैले उसलाई मैले थप्पड हानें,’ उनले ट्वीट गरे । उसले मलाई बाँदर अनि कुकुर्नीको छोरो भन्यो ।’

तर गोन्जालेजले नेयमारलाई जातिवादी गाली गरेको कुनै प्रमाण फेला परेन । पीएसजीका मुख्य प्रशिक्षक टमस टुचेलले पिचमा त्यस्तो केही नसुनेको तर नेयमारले त्यो जातिवादी अपमान नै भएको बताएका थिए भने । 

फ्रान्सको व्यावसायिक फूटबल नियमन संस्था एलएफपीले घटनाको समीक्षा गरेर नेयमारमाथि कति खेलको प्रतिबन्ध लगाउने भनी निर्णय लिनेछ । उक्त संस्थाको नियमानुसार नेयमारलाई सात खेलको प्रतिबन्ध लाग्ने फ्रान्सको खेल पत्रिका आरएमसी स्पोर्टले लेख्यो ।
 

गोन्जालेजले चाहिँ खेलका दौरान जातिवादी भाषा प्रयोग नगरेको बताउँदै नेयमारलाई हार पचाउन सिक्नुपर्ने सल्लाह दिए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्