दुर्घटनामा घाइते क्रिकेटर ललितसिंह भण्डारीको उपचारमा सहयोगका लागि सिप्यानको अपिल

दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको उपचारमा सहयोगका लागि क्रिकेट खेलाडी संघ (सिप्यान)ले अपिल गरेको छ ।

संघका अध्यक्ष डा. मनिषराज पाण्डे र महासचिव पारस खड्काले मंगलवार प्रेस वक्तव्य जारी गर्दै सहयोगका लागि अपिल गरेका हुन् ।


Advertisement

कञ्चनपुरमा आइतवार भण्डारी चढेको मोटरसाइकललाई मिनीट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए ।

भण्डारीको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।


Advertisement

हेर्नुहोस्, वक्तव्य :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्