कर्मचारी सञ्चय कोष ५९ औं वर्षमा प्रवेश, योगदानकर्ता ६ लाख २८ हजार

कर्मचारी सञ्चय कोष बुधवारदेखि स्थापनाको ५९ औं वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसको अवसरमा कोषले सम्पूर्ण सञ्चयकर्ता र निवृत्तिभरण योजनाका योगदानकर्ताको सन्तुष्टिप्रति प्रतिबद्ध रहने संकल्प व्यक्त गरेको छ ।


Advertisement

सञ्चय कोषमा ६ लाख २८ हजार योगदानकर्ता रहेका छन् भने निवृत्तभरण कोषमा १४ हजार ४०० योगदानकर्ता रहेका छन् ।

कोषले सार्वजनिक गरेको विवरण अनुसार सञ्चय कोषमा ३ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ र निवृत्तभरण कोषमा ४७ करोड रुपैयाँ मौज्दात रहेको छ ।


Advertisement

सञ्चय कोषमा वार्षिक व्याजदर ७% प्रदान गरिन्छ भने विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र कर्जा र घर मर्मत सापटी प्रदान गर्ने गरेको छ ।

सञ्चयकर्ता स्वास्थ्योपचार योजना अन्तर्गत सञ्चयकर्तालाई साधारण रोग लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा १ लाख रुपैयाँ र घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम १० लाख रुपैयाँसम्म रकम शोधभर्ना प्रदान गर्ने गरिएको छ ।

यस्तो छ कोषको विस्तृत विवरण –

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्