सिरियाका राष्ट्रपति असदको हत्या गर्न खोजेको ट्रम्पको दाबी

आफूले सन् २०१७ मा सिरियाका राष्ट्रपति बशर अल असदलाई मार्न खोजेको तर तत्कालीन रक्षामन्त्री जेम्स म्याट्टिसले रोकेको डोनल्ड ट्रम्पले दाबी गरेका छन् । 

‘म त असदलाई सिध्याउन चाहन्थें,’ ट्रम्पले फक्स यान्ड फ्रेन्ड्सलाई मंगलवार बताए । ‘मैले सबै कुरा मिलाइसकेको थिएँ तर म्याट्टिसले नगरौं भने ।’


Advertisement

यसअघि सन् २०१८ मा ह्वाइट हाउस ब्रीफिङका क्रममा ट्रम्पले असदलाई मार्ने विषयमा छलफलै नभएको भनी दाबी गरेका थिए । 

पत्रकार बब वूडवर्डले सन् २०१८ मा प्रकाशन गरेको पुस्तक फीयरमा ट्रम्पले असदको हत्या गराउन आतुरी देखाएको भनी उल्लेख गरिएको थियो । त्यसलाई ट्रम्पले आख्यान भनी निन्दा गरेका छन् । 


Advertisement

तर फक्स यान्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा ट्रम्पले आफूलाई म्याट्टिसले रोकेको र म्याड डग म्याट्टिस ओभररेटेड भएको बताए । तर असदको हत्या नगरेकोमा आफूलाई पछुतो नलागेको उनले बताए । 
 

म्याट्टिसले आईसिसका सन्दर्भमा सिरिया वा इराकमा काम गर्न नसकेको दोष लगाए । म्याट्टिसलाई हटाएपछि अमेरिकाले आईसिसलाई पूरै निमिट्यान्न पारेको अनि त्यसको नेता अबु बक्र अल–बग्दादीलाई मारेको दाबी गरे । 

उनले इरानका मेजर जनरल कासेम सोलेमानीलाई सबभन्दा ठूला आतंकवादी भन्दै हवाई आक्रमणमा मारेकोमा घमण्ड गरे । 
 

बग्दादी मारिएकोलाई प्रशंसा भए पनि इरानको कुद्स फोर्सका नेता सोलेमानीको हत्याले पश्चिम एसिया थप अस्थिर बन्ने भनी आलोचना गरिएको थियो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्