राजधानीको पेप्सीकोलामा नाटकीय शैलीमा लुटपाट

सन्दर्भ तस्बिर

काठमाडौं । बिहीबार साँझ राजधानीको पेप्सीकोलामा नाटकीय शैलीमा लुटपाट भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार राजधानीको पेप्सीकोलामा कोठा खोज्ने बहानामा पुगेका दुई व्यक्तिले घर मालिकको सिक्री लुटेर भागेका हुन् ।
स्थानीय पवित्रा बिडारीको घरमा डेरा खोज्दै पुगेका उनीहरुले एक्लै रहेकी उनलाई एकाएक धम्की दिँदै एक तोलाको सिक्री लुटेर स्कुटरमा भागेको प्रहरीले जनाएको छ ।

सिक्री लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्