३२ देशबाट साढे ७५ हजार बढी नेपाली स्वदेश फर्किए (विवरणसहित)

कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएयता नियमित र उद्धार उडानमार्फत हालसम्म साढे ७५ हजार बढी स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बिहीबारसम्म ७५ हजार ६६० जना नेपाली स्वदेश फर्किएका हुन् । सो संख्याका नेपाली विभिन्न ३२ देशबाट फर्किएका हुन् ।

फर्किने मध्ये प्रदेश १ का १४ हजार १७४, प्रदेश २ का ११ हजार ८१६, बागमतीका १८ हजार २३०, गण्डकीका ९ हजार ३३९, प्रदेश ५ का ११ हजार ४५७, कर्णालीका १५०९ र सुदूरपश्चिमका १७३१ जना रहेका छन् भने प्रदेश नखुलाइएका ७ हजार ५०४ जना रहेका छन् ।


Advertisement

यसैबीच बिहीबारपनि युएई, कतार, टर्की र कुवेतबाट नेपाली फर्किएका छन्।

विस्तृतमा हेर्नुहोस्ः


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्