नाडालले जिते फ्रेन्च ओपनको उपाधि

राफेल नाडालले फ्रेन्च ओपनमा उत्कृष्ट प्रदर्शन गर्दै नोभाक जोकोभिचलाई हराएर कीर्तिमानी १३ औं उपाधि जितेका छन्।
विश्व वरीयतामा नम्बर २ रहेका स्पेनिस स्टार नाडालले पहिलो वरीयताका जोकोभिचलाई ३–० को सोझो सेटमा पराजित गरेका हुन् ।

नाडालले ६–०, ६–२ र ७–५ को सेटमा जित हासिल गरेका हुन् । खेलको सुरुवातदेखि नै जोकोभिचमाथि नाडाल हावी भएका थिए ।
यो जितसँगै स्पेनका नाडालले ग्राण्ड स्लाम उपाधिमा रोजर फेडेररसँग बराबरी गरेका छन्।


Advertisement

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्