यी अभिनेत्रीले गराएको फोटोशूटमा मानिसले गरे रमाइला टिप्पणी

बलिउड अभिनेत्री अदा शर्माले नयाँ फोटोशूटमा फरक स्टाइल तथा लूक्सको प्रदर्शन गरेकी छन् । 

इन्स्टाग्राम अकाउन्टमा फोटो शेयर गर्दै उनले लहंगा लगाइन् अनि चोलीको ठाउँमा फूल राखिन् । प्रयोगकर्ताहरूले अदाको मजाक उडाए । 


Advertisement

उनले गुलाफी र नीलो रंगको रेशमी लहंगा लगाएकी थिइन् । अनि उनले बोल्ड एक्सपेरिमेन्ट गर्दै चोलीको साटो फूल लगाइन् । 

गहनाको कुरा गर्दा उनले सुन र मोतीका चुरा, औंठी र बाली लगाइन् । कपाललाई उनले खैरो र नीलो रंगमा रंगाइन् । यस लूकमा उनी निकै सुन्दर देखिइन् । 


Advertisement

प्रयोगकर्ताहरूले चाहिँ उनको मजाक उडाउँदै 'खेतमा उम्रने घाँस लगाएर के हिँडेकी' भने । अनि केहीले उनलाई गाई र बाख्राबाट जोगिने सल्लाह दिए । 'फूल ओइलाउने हो कि', 'चिलाउला नि' भन्ने जस्ता कमेन्टहरू पनि आए ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्