प्रहरी नै असुरक्षित, कारको बोनेटमा राखेर ट्राफिक प्रहरीलाई घुमाइयो

भारतको राजधानी दिल्लीमा प्रहरी नै असुरक्षित छ । 

एक कारचालकले ट्राफिक प्रहरीलाई बोनटमा राखेर टाढासम्म पुर्‍याएको घटना हालै सार्वजनिक भएपछि प्रहरीको असुरक्षा छताछुल्ल भएको हो । 


Advertisement

प्रहरीले कार रोक्न कोशिश गर्दा चालकले उसलाई धक्का दिँदै बोनटमा राखेर लतार्दै परसम्म लगेको देखिन्छ । अझ कारलाई यताउता घुमाएर ऊ प्रहरीलाई लडाउन खोज्छ । 

केही समयपछि ऊ त्यसमा सफल पनि हुन्छ र प्रहरी सडकमा पछारिन्छ । 


Advertisement

घटना सोमवार धौलाकुआँमा भएको हो । 
 

यसरी कारचालकले ट्राफिक प्रहरीको ज्यान जोखिममा पारेको थियो भने सडकमा हिँडिरहेका अन्य व्यक्तिको सुरक्षामा पनि खतरा निम्त्याएको थियो । 

आरोपित कारचालकले लगभग ५०० मिटरसम्म बोनटमा प्रहरीलाई लतार्दै लगेको हो । त्यतिखेर सडकमा गाडीको बाक्लो आवतजावत थियो । 

कारले ट्राफिक नियम उल्लंघन गरेकाले प्रहरीले उसलाई राक्न खोजेको थियो । तर चालकले कार रोक्नुको साटो थप द्रुत गतिमा गाडी कुदायो । 
 

शिवम नामक उक्त कारचालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्