ओ कवि ! (कविता)

सुजन बुढाथोकी 

ओ कवि 


Advertisement

खै तिम्रो कबिताको शक्ति ?

कहाँ हरायौ 


Advertisement

तिमिले आफुलाइ ?

र किन बिरायौ अरुलाइ?

 

जोस,जागर कै पनि छैन 

मदहोस मध्होस मात्र छौ

निदाएको बालक जस्तो

किन यति बेहोस छौ तिमी 

ओ कबि!

खै !तिम्रो कबिताको चेत शक्ति ?

 

किन कबितामा 

आफ्ना कुन्ठाहरु मात्र लेखिरहन्छौ तिमी

किन देख्दैनौ अरुका पीडा कदापी?

यो पृथ्बिमा अरु पनि थुप्रै प्राणिहरु छन 

जो तिमि जस्तै 

र तिमिभन्दा पनि बढी दुखि छन ।

पिडितहरुको निमित्त 

न्यायधिस भएर उभिनुको सट्टामा 

किन आफै उभियौ 

पाठकहरुको माझ पिडित भएर?

 

ओ कवि! 

पथ्थर सङ्गको ठक्कर 

र बगरबाट सधै 

ढुङ्गा चट्टानको चोट खाएर पनि 

अबिरल बगिरहने 

उ परको त्यो खोलालाइ हेर

कति अटल र बलवान् छन  

किनारमा उन्ले लेखेका कबिताहरु 

कति अबिरल र निर्मल छन 

आँसु पोखिएर 

पानीमा कोरिएका कबिताहरु 

जिवनमा जति नै हिडे पनि 

कदापी रुक्दैन नदि 

ओ कवि !

खै कहाँ छ तिम्रो कबिताको शक्ति ?

 

जीवन दर्शन कहाँ छ भिजन 

अनि आफ्नुपन कहाँ छ 

र खै कहाँ छन 

तिम्रा कबितामा जनरोदनहरु?

दुरकर्णाली र महाकालिका क्रन्दनहरु कहाँ छन

सप्तकोसिका आसुहरु 

भन तिम्रो कबिताको कुन गहिराइमा छ? 

र कहा छन पहिचानबिहिन नागरिकहरुको राज्य ?

र किन देखेनन तिम्रा कबित्वका नजरियाहरुले 

नेतित्वले पनि नदेख्ने

गरिबमज्दुर र दरिद्रदेसका दुखहरु?

 

अन्धकारलाइ चिर्ने

ओ कबि 

तिमी त रबि हौ रबि

 

तर तिम्रो कबिता किन 

ल्याम्पोस्ट भएर उभिएन सडककिनारमा 

अनि किन आएन बत्ती भएर 

र फिजाएन दिब्यज्योती  

ती अध्यारा बस्तिहरुमा 

आबाजबिहिनहरुको आबाज 

कहाँ छ 

यो समाजको बिम्ब कहाँ छ 

तिम्रो कबितामा

र कहाँ छ यो देस्को नक्सा?

 

देसद्रोही गद्दारलाइ सिरुपाते खुकुरीले 

प्रहार गर्ने सक्ने सामर्थ्य र बहादुरी कहाँ छ 

अनि कहाँ छ्न 

हिमालको हिउ पगाल्ने 

रविको जस्तो ज्वलनशिल ज्वालाहरु 

तिम्रो दिलको द्वार

र कबिताका हरफहरुमा  

र खै कहाँ छ्न बिचारका ज्वारहरु ?

 

 

बाझो चिहानमा 

जिवन उमार्ने 

र कुनै किसानको जस्तो 

आत्मबिस्वास

र सहासको हतियार कहाँ छ?

 

ओ कबि 

के तिमिलाइ बुडेसकालले 

छोएकै होत 

कपाल दारी फुलेको 

मन्त्रीज्युलाई हेर

उहाको उखान र अढानलाइ हेर  

अझै पनि नौजवान नेता 

सिर्जना सक्तिलाइ उमेरले छेक्न सक्दैन 

बूढो भयो भन्दैमा भुमिको उर्वरा घट्दैन 

डुङ्गा माटो चिरेर उभो आकासमा फर्किरहेका 

ती बोटबिरुवाका कलिला बिउहरुलाइ हेर 

ओ कवि 

के तिम्रो कलमको मसि 

सकिएकै हो त 

के तिम्रा ती बुढी र चोर औलाहरु 

कमजोर भएकै हुन त 

नत्र,किन फोर्न सक्दैनन 

तिम्रा ती कलमहरुले 

जर्खरिएका पथ्थर 

र कठोर चट्टानहरुलाई

जहा,बर्सौदेखी उम्रीएर

हुर्किरहेछन केही हिटलर 

र इदि अमिनका अभिमानहरु !!

 

आधी तुफान भएर 

साम्राज्यबादी सासनका

लालकिल्लाहरु खोल्ने 

फलामका बसिलाहरु कहाँ छन 

अनि नरपिसाचका पुत्ला पोल्ने 

आगो र बिद्रोहको राको कहाँ 

र कहाँ छन क्रान्ती र परिवर्तनका अठोटहरु 

तिम्रो कबितमा इन्साफ कहाँ छ 

न्याय कहाँ छ र कहाँ छन  

मानव अधिकारका सबालहरु ?

हात काटिएकाहरुको कबिता खै

कलम खोसिएकाहरुको कबिता खै

र आन्दोलनमा रङ्गिन सिउदो 

लुटिएकाहरुको अस्मिता खै 

 

खै खै?

किन कै पनि छैन तिम्रो कबिताहरुमा 

आफ्नै मात्र मनको भाव र भाषा त

जनवारले पनि बोल्छ 

ओ कवि 

खै तिम्रो कबिताको शक्ति 

किन बतायौ आफ्नै मात्र भाषाहरु 

किन सुनाएनौ अरुका गुनासाहरु 

कुनै बालक झै गरेर 

र फेरि किन राखिरह्यौ 

अबोध अभिलाषाहरु 

 

 

तिम्रा कबिताहरुमा 

मैले कागज सिबाय अरु केही पनि देखिन 

यस्तो लाग्छ सायद,तिम्रो कबिताका 

अछ्ययरहरुमा कुनै उज्यालो नै थिएन ।

 

दुस्मनसङ्ग डराएर भागेर आएर अनि 

अन्धकारको कुनै कुनामा थर्थर कापेर 

कबिता कोरे जस्तो 

किन यति थकित छौ तिमी 

किन यति भयभित छौ तिमी 

किन यति निरास छौ तिमी

प्रेममा धोका पाएर टोलाए जस्तो 

हार खाएर 

किन सधै यति धेरै झोक्रीरहन्छौ तिमी? 

 

ओ कबि!खै तिम्रो कबिताको शक्ति 

खै तिम्रो कबिताको प्राणत्व 

अमृत्त्व अनि तिम्रो कबिताको औसधिबधी 

ओ कवि अनि खै तिम्रो कबित्व?

ओ कबि खै तिम्रो कबिताको शक्ति 

छैन केही पनि छैन 

किनकी,तिमिले कबितामा 

उहिल्यै आत्महत्या गरिसक्यौ!

 

ओ स्वार्थी 

ओ कबि 

किन आफ्नु लागि मात्र कबिता लेख्छौ तिमी

अरुको चाहिँ लेख्नु पर्दैन 

ओ कवि 

किन आफ्नु पार्टिको मात्र कबिता उतार्छौ तिमी?

के जन्ताहरुको चाहिँ दुख देख्नु पर्दैन ?

के उनिहरुको दुख चाहिँ दुस हैन ?

 

पैले पैले कबिताका जुलुस बोकेर 

एकसाथ तताउथेउ ति सान्तसडकहरु

र लडाउथे सामन्तसत्ताहरुलाई 

खै ती तागतहरु आखिर के मा 

बिके ती कागजहरु 

र ऐले तिमी तिनै सडकको बिरोध गर्दैछौ ?

 

भुपी सेरचन ,कृस्णसेन इछ्छुक 

गोपालप्रसाद रिमालका कबिताहरु

झोलाभरी भिर्थेउ 

तर ऐले कार्लमाक्स लेलिन र माओबादका।

किताबहरु मात्र बोक्न थालेछौ ।

 

त्यो भारी झोला कस्को हो  

जो ऐले तिमी गर्धनमा भिरिरहेछौ 

कस्को हो त्यो झोला 

जहाँ,जन्ताका सपनाहरु भन्दा पनि धेरै

आफ्नै आश्वासनहरु छन 

ओ कवि !

माकुराको जालो जस्तो

त्यो झोला कस्को हो 

जहाँ, सिकात झै गरेर झुन्डिरहेछ

तिम्रो जिवन।

 

पैले पैले झोलामा झन्डा 

र कबितामा क्रान्तिका ओजहरु भरिएका 

कागजहरु हुन्थिए 

तर अफसोच ऐले 

कसरी बद्लिए तिनिहरु 

पार्टिको पर्चा र पम्पलेटहरु भएर 

र कसरी कोरिए

ती कागजहरुमा 

आफै चुनाब चिन्हहरु ।

 

ओ कवि 

यस्तो लाग्छ साएद ! 

तिमिलाइ राजनितिको 

हावाले धेरै नै छोइसकेछ ।

रतुवामाइ,मोरङ्ग

कमेन्ट गर्नुहोस्