एनआइसी एशिया बैंकमा भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न २ दिन बाँकी

एनआइसी एशिया बैंकले कोरोना भाइरसका कारण ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न भन्दै ल्याएको योजना २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा  ८.९९ प्रतिशत कायम गर्न २ दिन बाँकी रहेको छ । 

यस योजनामा सहभागी हुन अब मात्र २ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले आह्वान गरेको छ ।


Advertisement

यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्नुभएका सम्पूर्ण योग्य ग्राहकले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् । 

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो ।


Advertisement

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब रू. ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्