देशभर थप ३ हजार १६७ जनामा कोरोना पुष्टि, काठमाडौंमा थपिए १ हजार ७४६ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४३८ आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो ।


Advertisement

कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राजधानी काठमाडौं उपत्यकामा १ हजार ७४६ संक्रमित थपिएका जानकारी दिए । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ४५१, ललितपुर जिल्लामा १५२ र भक्तपुर जिल्लामा १४३ संक्रमित थपिएका हुन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको प्रवक्ता गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार २९९ जना र होम आइसोलेसनमा २५ हजार ४३८ जना रहेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्