कर्णाली विवादमा ओलीको निर्देशन : प्रचण्डसँग सल्लाह गरेर समाधान खोजिन्छ

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा प्रदेशसभा दलको नेताबाट हटाउन पार्टीभित्र अविश्वासको प्रस्ताव तयार भएपछि सिर्जित विवादबारे प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दुवै पक्षका कुरा सुनेका छन् ।

सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अविश्वासको प्रस्तावका नेतृत्वकर्ता यामलाल कँडेलका छुट्टाछुट्टै टोलीसँग संयुक्त छलफल गर्दै ओलीले केन्द्र पार्टीको निर्णय मान्न निर्देशन दिए ।


Advertisement

प्रधानमन्त्री ओलीले दुवै पक्षका कुरा सुनेपछि आफूले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर निर्देशन पठाउने र त्यसलाई मान्नुपर्ने बताएका छन् । संयुक्त छलफलमा प्रचण्डलाई समेत बोलाइएको भए पनि उनी बालुवाटार गएनन् ।

ओलीसँगको छलफलमा सहभागी एक नेताका अनुसार ओलीले दुवै पक्षका कुरा गम्भीरताका साथ सुनेर पछि निर्णय लिने निर्देशन दिएका छन् । कर्णाली प्रदेशमा विवाद बढेपछि केन्द्रित नेतृत्वसँग छलफल गर्न दुवै पक्ष काठमाडौं आएका थिए ।


Advertisement

काठमाडौं आएपछि मुख्यमन्त्री शाही र कँडेल पक्षले खुमलटार गएर अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेट गरे भने ओलीसँग शनिवार संयुक्त भेट भएको छ । शनिवारको छलफलमा नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल समेत सहभागी थिए ।

कर्णालीबाट नेताहरू शाही, कँडेल, अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रमुख सचेकतको जिम्मेवारी खोसिएका गुलावजंग शाह र नेकपा कर्णालीका सचिव मायाप्रसाद शर्मा लगायत काठमाडौं आएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्