गोरखा दरबारमा विधिपूर्वक घटस्थापना

फाइल फोटो

ऐतिहासिक कालिका मन्दिरमा रहेको दशैंघरमा शनिवार विधिपूर्वक जमरा राखिएको छ ।

बिहान ११ बजेर ४६ मिनेट जौको जमरा कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।


Advertisement

परम्परा अनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा विजयादशमीको घटस्थापना गरिएको हो । 

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्रि बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भएपनि विनाशकारी भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको थपना गरी देवीको सवारी गराइएको छ ।


Advertisement

घटस्थापनाका बिहान गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिए । 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढी रहेका गोरखा जिल्लाभित्रका सबै शक्ति पीठमा नित्य पूजाबाहेक सर्वसाधारणलाई पूजाआजा गर्न रोक लगाइएको छ ।

कमेन्ट गर्नुहोस्