भुवन प्यासीको ‘यसपालिको दशैंतिहार’ सार्वजनिक

गायक भुवन प्यासीको स्वर रहेको निकै मार्मिक गीत ‘यसपालिको दशैंतिहार’को भिडियो सार्वजनिक गरिएको छ ।

कोरोनाले गर्दा गरिबलाई दशैं  तिहार मनाउन  निकै गर्‍यो रहेको रहेको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतमा देखाउन खोजिएको छ।राम नेपालको शब्द रहेको गीतमा गायक भुवन प्यासीको संगीत रहेको छ ।


Advertisement

गीतलाई राजेन्द्र बजगाईले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा  राम  नेपाल ,भुवन  प्यासी ,लक्षमण नेपाल ,प्रकृति लामिछाने ,रेबिका गिरि र अवी खनालको अभिनय रहेको छ । भिडियो गायक प्यासीको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

राम नेपालको  निर्देशन र सम्पादन रहेको गीतलाई सन्तोष सुनारले छायांकन गरेका छन् । भिडियोमा  मुक्ति  कंडेलले ड्रोने चलाएका हुन् ।

भिडियोलाई कमल चन्द्र भगतले निर्माण गरेका हुन्। गायक भुवन प्यासीले यस अघि “हे बरै’,‘माईली’ ‘हल्का हल्का’ ,ट्राफिक जाम’ जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्