प्रताप दास र मेगा श्रेष्ठको देशभक्तिपूर्ण गीत 'जंगे पिल्लर' सार्वजनिक (भिडियो )

राष्ट्रिय भावनाले ओतप्रोत गीत 'जंगे पिल्लर' सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रचना अनि गायक प्रताप दास र  मेगा श्रेष्ठको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ ।

गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा प्रताप दास र मेगा श्रेष्ठलाइ फिचर्ड गरिएको छ ।


Advertisement

फराज अर्पणले छायाँकन र सम्पादन गरेको भिडियोलाई गीतकार श्रीराम थापाको अफिसियल युट्युब च्यानल 'सुसुजित इन्टरटेन्टमेन्ट' मार्फत सार्वजनिक गरिएको छ । गीतकार थापाले आफ्नो पहिलो प्रस्तुती रहेको राष्ट्रिय गीत मार्फत अब युट्युब च्यानल 'सुसुजित इन्टरटेन्टमेन्ट' लाइ संचालन सुरु गर्नु भएको हो ।

आगामी दिनमा पनि 'सुसुजित इन्टरटेन्टमेन्ट' मार्फत लोकप्रिय गायक गायिकाको स्वरमा गीत रेकर्ड  र भिडियो निर्माणको कामलाई निरन्तरता दिइने गीतकार थापाले जानकारी दिनु भयो ।


Advertisement

कमेन्ट गर्नुहोस्