कञ्चनपुरबाट चरेससहित २ जना पक्राउ

लागूऔषध चरेससहित कञ्चनपुरबाट २ जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक म२प ४४५७ नम्बरको मोटरसाइकलमा सवार कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ खल्ला बस्ने २० वर्षीय डिल्लु रानाको साथबाट १.५ ग्राम चरेस र सोही ठाउँ बस्ने ३० वर्षीय नवीन रानाको साथबाट २ ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


Advertisement

कञ्चनपुरको बेलौरीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भुडाबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्दसिंह थापाको कमान्डमा खटिएको गस्ती टोलीले चरेससहित कञ्चनपुरबाट २ जना पक्राउ गरेको छ ।

आइतवार साँझ बरामद गरिएको ३.५ ग्राम चरेस र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेलडाँडीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्