देहरादुनमा नेपाली विद्यार्थी कुट्नेमाथि कारवाहीको प्रक्रिया शुरू : राजदूत आचार्य

भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीमाथि कुटपिट गर्ने अध्यापकमाथि कारबाहीको प्रक्रिया शुरू भएको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बताएका छन् ।

उनले केही विद्यार्थीका अभिभावकसँग पनि सम्पर्क भएको बताए । 


Advertisement

देहरादुनमा नेपाली विद्यार्थी कुटिएको भन्दै उनीहरूको उद्धार गर्न नेपाली कांग्रेस पार्टी लगायत विभिन्न संघसंस्थाले माग गरेका थिए ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै आचार्यले समस्या समाधान उन्मुख रहेको बताएका हुन् । 


Advertisement

‘घटनाको जानकारी भएदेखि नै दूतावास सक्रिय रहेको छ । कुटपिट गर्ने अध्यापकलाई कारबाहीका लागि र फर्कन चाहने विद्यार्थीलाई सुरक्षित फर्काउनका लागि आधिकारिक एवं सहयोगी संस्था र व्यक्तिहरूको सक्रियतामा आवश्यक कदम चालिएका छन् । केही अभिभावकसँग सम्पर्क र कुरा भएको छ । समस्या समाधान उन्मुख छ,’ आचार्यले ट्वीटरमा लेखेका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्