चीनको दोस्रो विमानवाहक युद्धपोत सञ्चालनका लागि तयार

चीनले दोस्रो विमानवाहक युद्धपोत शानदोङ सञ्चालनका लागि तयार भएको दाबी गरेको छ । सैनिकहरूले त्यसमा लाइभ फायर अभ्यास गरेका छन् ।

सरकारी टीभी सीसीटीभीले यसै साता सार्वजनिक गरेको नाटकीय भिडियोमा ५० हजार टन तौल भएको युद्धपोतबाट अभ्यासका क्रममा शत्रुको ठेगानालाई ध्वस्त पार्ने हतियार प्रहार गरेको देखिन्छ । चीनको पहिलो विमानवाहक युद्धपोत लियाओनिङ हो । 


Advertisement

अमेरिकाले ताइवानलाई लगभग ४.२ अर्ब डलर बराबरको हतियार तथा प्रतिरक्षा प्रणाली बिक्रीको अनुमति दिएपछि चीनसँगको तनाव झनै चुलिएको छ र यसको परिणामस्वरूप बेइजिङले सैन्यशक्ति प्रदर्शन गरिरहेको छ । 

चीनले आफ्नो सैन्य क्षमताको बयान गर्ने गरेको छ र ताइवानका विषयमा हस्तक्षेप नगर्न अन्य मुलुकहरूलाई चेतावनी दिने गरेको छ । 


Advertisement

चीनका राष्ट्रपति सी चिनफिङले मरिन सैनिकहरूलाई युद्धको तयारीमा जोड दिन अनि उच्च जागरुकता कायम गर्न भनेका छन् । 
 

शानदोङ युद्धपोतले जलक्षेत्रीय परीक्षण र तालिमको सिलसिला सफलतापूर्वक पूरा गरेको सीसीटीभीको सैनिक च्यानलले खबर दिएको छ । 

सैन्य अभ्यासहरूले युद्धपोतका हतियार र उपकरणहरुको प्रदर्शनलाई प्रभावकारी रूपमा परीक्षण गरेको उसले जनाएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्