१५ हजार पीसीआरमा ३५ सय कोरोना संक्रमित, बिस्तारै घट्दै सक्रिय संक्रमितको संख्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ मा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै पछिल्लो २४ घण्टामा १४ हजार ९८९ को पीसीआर गरिएको र तीमध्ये ३ हजार ५१७ मा संक्रमण देखिएको जनाएको हो ।


Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९६ संक्रमणमुक्त भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । हालसम्म १ लाख २८ हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् ।

केही दिन यता बिस्तारै नेपालमा सक्रिय संक्रमितको संख्या घट्दै गइरहेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्य्या ३८ हजार ३५७ रहेको छ ।


Advertisement

यो संख्या दशैंअघि ४२ हजारको हाराहारीमा थियो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ रहेको छ भने हालसम्म नेपालमा ९ सय २० ले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १८ सय ८८ संक्रमित भएका छन् ।

काठमाडौँ जिल्लामा १५ सय ८, भक्तपुरमा १ सय ३१ र ललितपुरमा २ सय ४९ संक्रमित भेटिएका हुन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्