रुसमा इस्लामको नारा लगाउँदै चक्कु प्रहार, प्रहरीको गोली लागी आक्रमणकारीको मृत्यु

फ्रान्समा इस्लामिक कट्टरपन्थीले एक चर्चमा आक्रमण गरेर तीनजनाको हत्या गरेको घटनालगत्तै रुसमा इस्लामिक उग्रवादी युवकले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको घटना सार्वजनिक भएको छ । 

१६ वर्षका एक किशोरले अल्लाहू अकबर नारा लगाउँदै प्रहरीलाई तीनपटक चक्कु हानेका हुन् । अर्का प्रहरीले यस्तो भइरहेको देखेपछि किशोरलाई गोली हाने । गोली लागेर किशोरको घटनास्थलमै मृत्यु भयो । 


Advertisement

रुसको कुक्मोर शहरको तातारस्तान क्षेत्रमा घटना भएको हो । यो मुस्लिम बहुल क्षेत्र हो । त्यहाँ फ्रान्सविरुद्ध प्रदर्शन भइरहेको थियो । 

आक्रमणकारी किशोरसँग पेट्रोल बम पनि रहेको बताइएको छ । उसले प्रहरी कार्यालयलाई जलाउने योजना बनाएको बताइएको छ । 


Advertisement

उसले प्रहरीको ढाडमा चक्कु हानेको थियो । आक्रमण गर्दै उसले अल्लाहू अकबर भन्यो अपन प्रहरीलाई मर् काफिर पनि भन्यो । 

रुसको छानबिन समितिले शुक्रवार यसबारेमा बयान जारी गरेको छ र यो आतंकवादी घटना भएको बताएको छ । 

प्रहरीले किशोरलाई गोली हान्ने चेतावनी दिएको र हावामा गोली चलाएको पनि बताएको छ । गोली लागेको किशोर उपचारका क्रममा मरेको प्रहरीको भनाइ छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्