मिलन चाम्सको चलचित्रमा आर्यन र आँचल !

मिलन चाम्स चलचित्र निर्देशनमा खारिएको नाम हो । उनका अधिकांश चलचित्र हिट छन्, सोहि कारण उनका हरेकजसो चलचित्रप्रति दर्शकको चासो हुन्छ ।

पछिल्लो समय चलचित्र ‘ब्लाइन्ड रक्स’ र ‘लिलिबीली’ हिट भएपछि चाम्सको निर्देशकीय कलालाई दर्शकले राम्रैसँग पत्याए । उनी पछिल्लो समय गोर्खा वारियर, बिर बिक्रम ३ र अर्को एक चलचित्रको तयारीमा छन् ।


Advertisement

मिलनले सुरुमा कुन चलचित्र बनाउँछन् कुनै तथ्य बाहिर आएको छैन । तर, चलचित्र उद्योगमा चाम्सले आर्यन सिग्देल र आँचल शर्मालाई लिएर एक चलचित्र बनाउन लागेको हल्ला छ ।

चाम्सले केहि दिनअघि मात्रै आर्यन तथा आँचलका बुढाबुढीलाई घरमा बोलाएर पार्टी दिएपछि यो हल्लामा अरु बढि सत्यता हो कि भन्ने धेरैले महशुस गरेका हुन् । त्यसअघि पनि आर्यनलाई मिलनले एउटा म्युजिक भिडियोमा काम गराए । आँचलसँग निरन्तर केहि म्युजिक भिडियोमा काम गराइसकेका छन् चाम्सले ।


Advertisement

केहि समय अघि आँचलले निर्माण गर्ने चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्ने भन्ने कुरा मिडियामा आएको थियो । मिलन चाम्सका तिनवटा प्रोजेक्ट छायांकनका लागि पुर्ण तयारीमा छ । आर्यन सिग्देल पनि एउटा चलचित्र बनाउने अन्तिम तयारी गरेका छन् ।

निर्देशक चाम्स, आर्यन, आँचल पटक पटक भेटिरहेका बेला उनीहरु सँगै मिलेर एउटै प्राजेक्टमा आवद्ध हुने सम्भावना प्रबल रहेको सहजै बुझ्न सकिन्छ । पछिल्लो समय म्युजिक भिडियोमा हिट र चलचित्रबाट राम्रै प्रतिक्रिया पाइरहेकी अभिनेत्री आँचल र कुनै बेलाका लभर स्टोरी जनराका हिट अभिनेता आर्यनको जोडीलाई मिलन चाम्सको चलचित्रमा देख्न पाइयो भने कुनै अचम्म नमाने हुन्छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्