घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीवार सुनको मूल्यमा गिरावट आएको छ । 

बिहीवार छापावाल सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

अघिल्लो दिन बुधवार छापावाल सुन प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो । 

यस्तै बिहीवार तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । 


Advertisement

महासंघका अनुसार, यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्