जाँड खाएर बुढासुब्बाका सञ्चालकले ओएसआरका सञ्चालकलाई थर्काएपछि ...

१५ वर्षअघिको विषयलाई लिएर डिजिटल भिडियो निर्माता कम्पनी ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवालले बुढासुब्बा डिजिटलका सञ्चालक नवराज गिरीविरुद्ध अपराध महाशाखामा उजुरी दिएका छन् ।
 
१५ वर्षअघि मलेसियामा भएको १५ लाख रुपैयाँको लेनदेनको विषयलाई लिएर गिरीले अग्रवाललाइ फोनमा अपशब्द बोलेपछि उनले फोन कुराकानीको रेकर्डसहित अपराध महाशाखामा उजुरी हालेका थिए ।

अग्रवालको उजुरीपछि अपराध महाशाखामा उपस्थित अग्रवाल–गिरीबीच आगामी दिनमा यस्ता कुरा नहुने भन्दै मिलापत्र भएको अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बताए ।


Advertisement

‘हिजो केही कलाकारको बीचमा आगामी दिनमा यस्तो गल्ती नहुने बताएपछि मिलापत्र भएको छ,’ एसएसपी थापाले लोकान्तरसँग भने, ‘उहाँहरूले साथीभाइ भएको एकआपसमा माफी मागेपछि मिलापत्र भएको हो ।’

महाशाखाका एक अधिकृतका अनुसार पुरानो विषयलाई उठाएर बुढासुब्बा डिजिटलका सञ्चालक नवराज गिरीले मादक पदार्थ (रक्सी) खाएर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाललाई जथाभावी गालीगलौज गरेका थिए । गिरीले गरेको गालीगलौजको फोन रेकर्डसहित अग्रवाल महाशाखामा उजुरी दिएका थिए ।


Advertisement

कलाकर्मीहरू रविन्द्र बानियाँ, मिलन चाम्स, धिरेन शाक्यको मध्यस्ततामा मिलापत्र भएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए ।

१५ वर्षअघि कतारमा भएको सांगीतिक कार्यक्रममा अग्रवालले गिरीलाई १५ लाख रुपैयाँ दिन बाँकी भएको विषयमा विवाद भएको थियो । प्रतिस्पर्धामा रहेका दुवै कम्पनीका सञ्चालकबीच विगत १५ वर्षदेखि बोलचाल नै बन्द थियो । त्यसअघि अति मिल्ने साथी रहेका उनीहरूले सँगसँगै संगीत उद्योगका लागेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्