निरन्तर घट्दै सुनको मूल्य

 नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । 

शुक्रवार छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

यस दिन तेजाबी सुनको प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्