मोरङ र सुर्खेतमा कोरोनाबाट ४ को मृत्यु

मोरङ र सुर्खेतमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । मोरङको दुई शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।
मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो ।
विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । मृतक वृद्धको गएको कात्तिक २७ गते पोजिटिभ आएको थियो ।
    
सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा आज  मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधबार भर्ना गरिएकामा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताए ।    नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि

बुधबार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
यसैगरी प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आज अपराह्न कोरोना सङ्क्रमित एक युवकको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १२ का ३३ वर्षीय युवा रहेका छन् ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्