बलिउडमा लागूऔषध प्रकरण: भारती सिंहको घरमा एनसीबीको छापा, औषधिहरू बरामद

 भारतीय हास्य कलाकार भारती सिंहको घरमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले छापा मारेको छ । 

शनिवार विहानै उनको घरमा छापा मारेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 


Advertisement

एजेन्सीहरूका अनुसार, उनको घरबाट एनसीबीको टोलीले केही मात्रामा औषधिसमेत बरामद गरेको छ । ती औषधि लागु औषध हो कि हैन भन्नेबारे अनुसन्धान चलिरहेको बताएको छ । 

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा लागू औषधबारे खुलासा भएको थियो । 


Advertisement

त्यसपछि एनसीबीले विभिन्न कलाकारहरूमाथि सोधपुछ गर्दै आएको छ ।   

एनसीबीले राजपूतकी प्रेमिका भनिएकी रिया चक्रवर्ती लगायत अन्य कलाकारहरूमाथि सोधपुछ गरिसकेको छ । 

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्