ओलीका समर्थकले गरे सुरेन्द्र पाण्डेविरुद्ध सार्वजनिक कार्यक्रममै नाराबाजी [भिडियो]

पूर्वअर्थमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि विरोध प्रदर्शन भएको छ । 

चितवनको राप्ती नगरपालिकामा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै गरेका नेता पाण्डेमाथि केही व्यक्तीहरूको समूहले नाराजुलुस गरेका हुन् । 


Advertisement

यस घटनालाई नेकपाभित्रको गुटगत विवादका रुपमा लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताहरूले नेता पाण्डेको विरोधमा नाराजुलुस गरेको उनका सहयोगी सञ्जिव पाण्डेले लोकान्तरसँग बताए । 
उनले भने, कमिटि बाहिरका मानिसहरू आए र हुलहुज्जत गर्न थाले । 

उनले यो घटना गुटगत नै भएको बताएका छन् । 


Advertisement

यता युवा संघका केन्द्रीय नेता रमेश आयार्चले नेता पाण्डे पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा बोलेका कारण स्थानीय नेताकार्यकर्ताले विरोध गरेको दावी गरेका छन् । 

भिडियो


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्