थप १ हजार ६७४ जनामा कोरोना पुष्टि, निको हुने धेरै

पछिल्लो २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म संक्रमितको कूल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।


Advertisement

कूल संक्रमितमध्ये १ लाख ९३ हजार ३२५ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार थप २ हजार ३२३ जना निको भएका छन् । जुन थपिएका संक्रमितभन्दा बढी हो । देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म कूल १ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्