गोकुल बास्कोटाले भने–होहल्लाको अर्थ छैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् ।
चितवनमा पार्टी नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारप्रति लक्षित गर्दै उनले गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुने भएकाले होहल्ला गर्नुको अर्थ नहुने बताएका हुन् ।

‘हातहरुको सशस्त्रीकरण भन्दा पहिला विवेक र विष्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ। गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छै’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्