ओएसआर डिजिटलका सञ्चालक अग्रवाल भन्छन्– बुढासुब्बाका सञ्चालक गिरीसँग १५ लाख लेनदेन भएकै छैन !

यसअघि प्रकाशित समाचार ‘जाँड खाएर बुढासुब्बाका सञ्चालकले ओएसआरका सञ्चालकलाई थर्काएपछि’ शीर्षकको समाचारमा ‘१५ वर्षअघि मलेसियामा भएको रु. १५ लाखको लेनदेनको विषयमा भएको विवाद’ लगायतका केही तथ्यहरूमा सत्यता नरहेको भन्दै ओएसआर डिजिटलका सञ्जालक ओमप्रकाश अग्रवालले खण्डन  गरेका छन् । 

नवराज गिरीलाई १५ लाख दिन बाँकी नरहेको अग्रवालको भनाइ छ । उनले भनेका छन्, ‘यस अनलाइन पत्रिकाले १५ लाख दिन बाँकी भनी समाचार प्रकाशित गरेकोले निजलाई मैले १५ वर्ष अगाडि १५ लाख लिएको पनि छैन, निजसँग १५ लाख मैले निज नवराज गिरीलाई तिर्नुपर्ने आशयको समाचार झुटो रहेकोले समाचार खण्डन गरी पुनः प्रकाशित गरिपाऊँ ।’


Advertisement

लोकान्तरले आफ्नो स्रोत प्रयोग गरी उक्त समाचार प्रकाशन गरेकोमा स्रोतप्रति विश्वस्त छ । 

अग्रवालको खण्डन पत्र :


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्