चीनमा अब कोही पनि छैन अतिगरीब

चीनको दक्षिणपश्चिममा रहेको गुइचो प्रान्तका अन्तिम नौवटा गरीब काउन्टीहरूलाई सोमवार देशको गरीबीको सूचीबाट हटाइएको छ । 

यससँगै चीनले आफैंले तोकेको म्यादभन्दा एक महिनाअगावै निरपेक्ष गरीबी अन्त्य गरेको छ । 


Advertisement

चीनको सरकारी टेलिभिजन सीजीटीएनका अनुसार, अघिल्लो साता अधिकारीहरूले व्यापक निरीक्षण गरेर गरीबीले ग्रस्त काउन्टीहरूमा निरपेक्ष गरीबी अन्त्य भएको घोषणा गरे । 

तिनमा सिन्च्याङ उइगुर स्वायत्त क्षेत्र, निङसिया हुइ स्वायत्त क्षेत्र, क्वाङ्सी च्वाङ स्वायत्त क्षेत्र, युन्नान प्रान्त, सिचुआन प्रान्त र गान्सु प्रान्त रहेका छन् । निरपेक्ष गरीबीविरुद्धको विजय घोषणा गर्नका लागि गुइचोको अन्तिम प्रान्तीय क्षेत्र थियो । 


Advertisement

सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०२० को अन्त्यसम्ममा देशको गरीबी अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको थियो । चीनमा गरीबीको रेखाको मानक प्रतिवर्ष २३ सय युआन अर्थात् दिनको एक डलरभन्दा कममा गुजारा गर्नुपर्ने स्थितिलाई मानिएको छ । 

यस आठ वर्षको अवधिमा चीनले लगभग १० करोड मानिसलाई गरीबीको रेखाबाट माथि उठाएको छ । 

चीनको तथ्यांक विभागले दिएको आँकडाअनुसार, सन् २०१२ मा ९ करोड ८९ लाख मानिस गरीब रहेकोमा अहिले त्यो शून्यमा झरेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्