डिशहोम रियालिटी टिभी च्यानलमा ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमा प्रशारण हुदै

 डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रशारण हुने भएको छ ।

विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको रहेको छ । 


Advertisement

‘खै कुरा बुझेको ? टेलिसिनेमाको कलाकारहरूमा शितल केसी, श्याम राई, युगज्योति क्रियाशिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बञ्जारा, सागर गिरी, सागर बस्नेत र समिर जोशी लगायतको बडो गजबको अभिनय रहेको छ ।

यस कार्यक्रम शृंखलाकाका निर्देशन निर्देशक बाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । टेलिसिनेमाको छायांकन दिलीप विष्टले गरेका हुन् भने सम्पादनमा सुनिल श्रेष्ठको रहेको छ ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्