यसकारण छ योगसँग मुस्लिम र क्रिश्चियन धर्मावलम्बीहरूको आपत्ति

योगको कक्षामा धेरैजसो मानिस यस कुरामा चिन्ता व्यक्त गर्छन् कि के उनीहरु सही रुपमा सास लिइरहेका छन् या उनीहरुको खुट्टा सही दिशामा छ ।

तर केही मानिस दोधारमा रहने गरेका छन् कि के उनीहरुलाई यो कक्षामा सहभागी हुँदा आफ्नो धर्मा भ्रष्ट त हुने छैन् ।

अमेरिकामा बस्ने एक मुस्लिम महिला फरीदा हमजाले योग शिक्षक बन्ने फैसला गरिन् र उनी तीन वर्षदेखि योग गरिरहेकी छिन् ।

उनी भन्छिन्,‘जब म आफ्नो परिवार तथा केही साथीसँग यस बरेमा बताउँछु, तब उनीहरुको प्रतिक्रिया सकारात्मक पाउँदिन । उनीहरु हैरान थिए कि आखिर म किन यो गरिरहेको छु, किनकी यो इस्लाम विरुद्ध हो ।’
विश्वभरमा कयौं मुस्लिम, इसाइ तथा यहूदी योगलाई लिएर यस खालका संदेश व्यक्त गर्छन् ।

उनीहरुलाई योगलाई हिन्दू र बौद्ध धर्मसँग जोडीएको एक प्राचीन आध्यात्मिक साधनको रुपमा हेर्छन् । विसं २०१२ मा बेलायतमा एक योज्ञ कक्षालाई चर्चले प्रतिवन्धित गरेको थियो ।

पादरी जोन शैडलर बताउँछन्,‘योग एक हिन्दू आध्यात्मिक साधना हो । एक क्याथोलिक चर्चा भएका कारण हामीले इसाईको उपदेश प्रचारित गर्न आवश्यक छ ।’

अमेरिकामा पनि प्रमुख पादरी यागलाई शैतानीको रुपमा लिन्छन् । त के योग एक धार्मिक क्रिया हो ?

योग लण्डन का सह संस्थापक रेबेका फ्रैच भन्छिन्,‘योग एक व्यापाक शव्द हो र यस कारण कठिनाई भएको छ ।’
उनी भन्छिन् योग कयौं प्रकारका छन् र ति मध्ये केही अरुको तुलनामा धार्मि छ । उदाहरणका लागि हरे कृष्ण साधु भक्ति योगका अनुयायी छन् ।

पश्मिमा मानिस आम रुपमा जिसलाई योग सम्झन्छन् त्यो हठ योग हो । यसमा शारीरिक र मानसिक शक्ति बढाउन जोड दिइन्छ ।

तर जसलाई चेतना मानिन्छ त्यो परम्परामा पनि निर्भर छ ।

कयौं हिन्दुका अनुसार योगको माध्यमबाट तपाई प्राकृतिक रुपमा सही स्वरुप र आफ्नो वास्तविक स्थितिका बारेमा जानकारी लिन सक्छ । जबकी कयौं यसलाई जन्म मृत्युको बन्धनबाट छुटकारा पाउने साधन मान्छन् । यो सब इसाइ, इस्लाम तथा दोस्रो धर्ममा मान्य छ या छैन यो एक बहसको विषय बनेको छ ।

उदाहरणका लागि सूर्य नमस्कार शारीरिक क्रियासँग सम्बन्धित एक यौगिक आसन हो, तर यो हिन्दू देवता सूयोको आराधनासँग जोडिएको छ ।

फ्रैच बताउँछिन्, ‘यो केही धार्मिक छ, तर यो तपाईको नजरमा निर्भर हुन्छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्