गण्डकी प्रदेशमा २४ घण्टामा ७४ जना कोरोना सङ्क्रमित थपिए, प्रदेश १ मा कति थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ का ६६ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिला छन् ।

प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ५५३ छ भने छ हजार ७४० जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६६९ पुगेको निर्देशनालयले जनाएको छ ।


Advertisement

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उनीहरुमध्ये ९५ महिला छन् । थपिएको सङ्क्रमितमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा सात, उदयपुरमा पाँच, पाँचथर र धनकुटामा तीन/तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ४५९ पुगेको छ भने आज थपिएका सहित २१ हजार ४९१ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् । आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट १९६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट तीन/तीन जना छन् । कोभिडको उपचारमा खर्च धेरै लाग्ने भएकाले पछिल्लो समयमा सङ्क्रमित मानिस घरमै बसेर उपचार गरिरहेका छन् । हालसम्म कूल एक लाख ८७ हजार ८१८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्