उत्तर कोरियाबाट पर्खाल नाघेर भागे एक खेलाडी दक्षिण कोरियातर्फ

नोभेम्बर महिनाको आरम्भमा उत्तर कोरियाका एक व्यावसायिक जिम्नास्ट खेलाडी सीमाको पर्खाल नाघेर दक्षिण कोरिया पुगेका छन् । तीन मिटर अग्लो पर्खाल उनले एकैपटकमा नाघेर सीमा पार गरेका हुन् । 

उक्त घटनापछि उनी साँच्चिकैका भगौडा हुन् कि हैनन् भनी जाँच्न दक्षिण कोरियाली अधिकारीहरूले उनलाई कैयौंपटक त्यसरी पर्खाल नाघ्न लगाएको द कोरिया हेराल्डले खबर दिएको छ । 


Advertisement

उनी यसरी भाग्दा पर्खालमा रहेका अलार्महरू किन बजेनन् भनी प्रश्न उठिरहेका छन् । 

सीमा गार्डहरूका अनुसार, उनीहरूले पर्खालको डिजाइनमा बाहिरी परिवर्तन फेला पारेनन् । तर पर्खालको काँडेतारलाई माथिबाट थिचिएको जस्तो देखिन्छ । 
 


Advertisement

चोसुन इल्बो पत्रिकाका अनुसार, उत्तर कोरियाका एक नागरिक नोभेम्बर ३ मा सीमा पार गरेर दक्षिण कोरिया पुगेका हुन् । उनी निःशस्त्रीकृत क्षेत्रको गाङवोन क्षेत्रमा बसे अनि १४ घन्टापछि मात्र उनलाई हिरासतमा लिइयो । आफू शरण खोज्दै आएको उनले बताए । 

उक्त व्यक्ति सीमा पार गरेर आएको विषयमा छिटो प्रतिक्रिया नजनाएको भन्दै दक्षिण कोरियाका सैन्य अधिकारीहरूको आलोचना भएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्