एनआइसी एशिया बैंकका सञ्चालक संघई महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित

एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उनी उपाध्यक्ष पदमा निर्वाचित भएसँगै बैंकले बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएको छ ।


Advertisement

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्‍याउदै आएको वहाँ त्रिवेणी ग्रुपको निर्देशक हुन्  । 

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याए वापत गत वर्ष नेपाल सरकारले वहाँलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्