मतदानमार्फत महासंघले छान्यो कोषाध्यक्ष

नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समितिले मतदान प्रक्रियाबाट कोषाध्यक्षसमेत चयन गरेको छ ।

महासङ्घको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएकी हुन्। कार्यकारिणी समितिमा भएको मतदानमा शिराचनले ४० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डिबी बस्नेतले ३१ मत प्राप्त गरे ।


Advertisement

शनिबार सम्पन्न महासङ्घको निर्वाचनमा हिराचन वस्तुगत सङ्घबाट र बस्नेत जिल्ला नगरबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए ।
यसैबीच महासंघका नवनिर्वाचित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्