भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ ।
भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउदै विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनका लागि केन्द्रीय राजधानी नयाँ दिल्लीमा हजारौँ किसानहरु भेला भएलगत्तै प्रधानमन्त्री मोदी थप रुष्ट भएका हुन् ।
किसानका उत्पादन बेचविखनसम्वन्धी नयाँ कानुनलाई प्रधानमन्त्री मोदीले भने ऐतिहासिक कानुनको संज्ञा दिएका छन् ।
मोदीले महत्व दिएको कानुनको विरुद्ध नै प्रदर्शन चर्किदै जानुको पछाडि विपक्षीहरुको हात रहेको उनको बुझाइ छ ।
एजेन्सी