भारतीय मुलकी निरा अमेरिकाको बजेट प्रमुख बन्ने

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने बताइएको छ ।

अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा उनलाई नियुक्त गरेर बजेट तर्फको जिम्मेवारी दिने सम्भावना रहेको समाचारमा जनाइएको छ ।
 
न्युयोर्क टाईम्सले लेखेको समाचारका अनुसार उनलाई अमेरिकामा विकासका बारेमा अनुभवी व्यक्तिका रुपमा चिनिने गरिन्छ ।
 
बाइडेनले अर्थसम्वन्धी आफ्नो समूहका अन्य व्यक्तिहरुको पनि सूची बनाएको र त्यसलाई अन्तिम रूप दिएर घोषणा गर्न लागेको जनाइएको छ ।


Advertisement

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्