अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला चलचित्र ‘प्रसाद २’ को प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।
यो चलचित्रको स्क्रिप्टको काम लगभग सकिएको छ । अब निर्माण पक्ष छिट्टै छायांकनमा जाने अन्तिम तयारी गर्दैछ ।
व्यस्तताका बावजुद अभिनेत्री श्रेष्ठ यतिबेला एक म्युजिक भिडियोमार्फत् दर्शकमाँझ आएकी छिन् ।
फुटेको चुरा बोलको उक्त गीत प्रकाश सपुतको अफिसियल युट्युब च्यानलमार्फत बजारमा आएको हो ।
प्रकाश सपुत, अनिता चलाउनेको आवाज रहेको गीतमा नम्रता श्रेष्ठ, प्रकाश सपुत, अनिता चलाउने, निरज पन्थी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
भिडियो निकै सुन्दर बनेको छ । योगेश काजीको एरेन्ज तथा ब्याकग्राउण्ड स्कोर रहेको गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै लगभग ३ लाखले हेरिसकेका छन् भने ११ नम्बर ट्रेन्डिङमा आइसकेको छ ।
लोकान्तर संवाददाता